भारतमा एकै दिन १२ हजारभन्दा बढि कोरोना सङ्क्रमित
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ लाख २१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै त्यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख २१ हजार ६२६ पुगेको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३०९ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या ९ हजार १९९ पुगेको छ। भने सङ्क्रमित मध्ये १ लाख ६२ हजार ३२६ जना उपचार पछि निको भएका छन्। विश्वमा कोरोना भाइरसको सङ्क्रमणले सबभन्दा धेरै प्रभाव परेको देशहरूको सुचीमा भारत चौथो स्थानमा रहेको छ।
कोरोेना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ। तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ।



















