नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ३३५ पुग्यो, अहिले सम्म १८ जनाको मृत्यु

वेलकम खबर
जेष्ठ ३१, २०७७

काठमाडौँ। नेपालमा थप एकै दिन २७३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २७३ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५३ सय ३५ पुगेको छ। जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको  छ। भने थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*