पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीलाई कोरोना सङ्क्रमण

वेलकम खबर
जेष्ठ ३१, २०७७

काठमाडौँ। पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। अफ्रिदीले आफूलाई कोरोना सङ्क्रमणको पुष्टि भएको शनिबार एक ट्वीट गर्दै जानकारी गराएका छन्।

अफ्रिदी कोरोनाबाट सङ्क्रमित हुने क्रिकेट दुनियाँकै पहिलो ठूला सेलिब्रेटी हुन्। १९९६ देखि २०१८ सम्म उनले पाकिस्तानी क्रिकेट टोलीका लागि खेलेका थिए। आक्रामक ब्याट्सम्यान अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ वटा टी–२०  अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

त्यसमध्ये उनले टेस्टमा १७ सय १६ रनसहित ४८ विकेट, एकदिवसीयमा ८ हजार ०६४ रनसहित ३ सय ९५ विकेट र टी–२० मा १४ सय १६ अन्तर्राष्ट्रिय रनसहित ९८ विकेट लिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*