आजको दिन प्रदर्शन रोक्न अभिनेत्री प्रियंकाको अपिल

वेलकम खबर
जेष्ठ ३१, २०७७

काठमाडौँ। नायिका प्रियंका कार्कीले आजको दिन प्रदर्शन स्थगित गर्न अपिल गरेकी छिन्। साथै अहिले देशव्यापीरूपमा देखिएको प्रदर्शनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने पनि बताएकी छिन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरि सम्बोधन गर्न सरकार सँग अपिल गरेकी छिन्।

कार्कीको स्टाटस

केहि दिन यता देशका बिभिन्न ठाउँमा पारदर्शिता, स्पष्ट एजेन्डा र भाइरसको प्रकोपको राम्रो व्यवस्थापनका लागि सरकारमाथि दवाव दिन गैर राजनीतिक युवा आन्दोलनको रूपमा विरोध प्रदर्शन सुरु भएको छ। सबैको माग एउटै, सबैको आवाज एउटै; १००% पीसीआर परीक्षण, सुरक्षित क्वारेन्टाइन केन्द्रहरू, सरकारी खर्चको पारदर्शिता र सही परीक्षण र क्वारेन्टाइन सुविधाका साथ विदेशबाट फर्केका नेपालीहरूको सुरक्षित व्यवस्थापन। सबै युवाहरू एकसाथ जुटे किनकि यो महत्त्वपूर्ण छ, धेरै जीवन जोखिममा छ र धेरै बिषयमा हामी सबै सरकारसंग धेरै नै असन्तुष्ट छौं।
गैर राजनीतिक युवा आन्दोलनको रूपमा शुरु भएको प्रदर्शनले अब थोरै राजनीतिक मोड लिएको हो कि भन्ने महसुस भएको छ। कुनै राजनीतिक एजेन्डा वा संलग्नता नभएसम्म यो विरोध एक ठूलो पहल हो। यो हामीले निस्वार्थ रुपमा हाम्रो देश र हाम्रा जनताको सुरक्षाको लागि सुरू गरेको प्रदर्शन हो। हाम्रो जनता, हाम्रो राष्ट्र, र परिवर्तनका लागि। हाम्रो आवाजमा शक्ति छ। यो शक्तिको दुर्प्रयोग हुन हुन्न।
साथै प्रदर्शनमा सामाजिक दुरी कायम नभएको पनि देखिन्छ। एस्तो हुनाले धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ। यदि हामी युवा संक्रमित भयौ भने हाम्रो घरमा रहनुभएका अभिभावक, जेष्ठ नागरिक, दीर्घरोगी लगायतलाई संक्रमण सर्ने जोखिम धेरै बढ्छ। परिस्थितिको गम्भीरता, बढ्दो कोरोना केसहरू र हाम्रो देशको स्वास्थ्य पूर्वाधारहरूको अभावलाई ध्यानमा राखेर हेर्दा, प्रदर्शनबाट ठूलो समुहमा संक्रमण सर्यो भने हाम्रा अस्पतालले थप केसहरु धान्न नसक्ने अवस्था आउन सक्छ। कृपया सामाजिक दूरी कायम राख्नुहोस्। सुरक्षित रहनुहोस्। यदि घरमा बिरामी, बच्चा वा जेष्ठ नागरिक भएमा प्रदर्सनमा सहभागिता नदेखाउनुहोस। अर्कै माध्यमबाट आवाज उठाउनुहोस।
अब कुरा गरौ आज दीउसो हुन गइरहेको माइतिघर मण्डलाको शान्तिपुर्ण प्रदर्शनको बिषयमा। धेरै ठाउमा आजको प्रदर्शन स्थगित भएको भनेर पढे र सुने। यो खबर सक्दो शेर गरौं। यो जरुरी छ। सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर जारी गरेको नेपालको राजनीतिक नक्शा आज पारित हुँदै छ।राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरूले यस ऐतिहासिक पल, हाम्रो गौरवको क्षणको बारेमा लेख्नुपर्छ। आज प्रदर्शन भएमा, विरोध प्रदर्शन र हाम्रो नयाँ नक्शा पारित हुने यी दुइ बिषय बीच बिभिन्न झुठो लिंक राखेर गलत समाचार प्रसाशन हुने क्रमलाई हामीले रोक्न सक्दैनौ र यसले भविष्यमा हामीलाइ नै ठुलो हानि पुराउन सक्छ। आज हाउसलाइ हाम्रो साथ र सहयोग चाहिन्छ। यसमा एकबधत्ता देखाऔ।
कुनै राजनीतिक एजेन्डा वा संलग्नता नराखी हामीले यो विरोध प्रदर्शन भोलिबाट फेरि शुरु गर्न सक्छौ। प्रदर्शनमा जादा सामाजिक दुरी कायम गरौ, शान्तिपूर्ण रहौ, सुरक्षित रहौ। बिरोध प्रदर्शनको नाममा राजनीतिकरण नगरौं।
सरकार, यो प्रदर्शनलाइ गम्भीरतापूर्वक लिनुहोस् । कृपया मुद्दाको संवेदनशीलता बुझिदिनुस। जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरि सम्बोधन गरिदिनुस। आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुस।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*