सबैभन्दा महँगो मास्क बार्सिलोनाको 

वेलकम खबर
जेष्ठ ३०, २०७७

एजेन्सी। युरोपमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएपछि फुटबल लगायत अन्य खेलकुद गतिविधि पनि सुचारु हुन थालेका छन्। तर खेल भने बन्द रङ्गशालामा खेलाइरहेका छन्। यसका बाबजुद क्लबहरूले समर्थकमाझ पुग्न अनेक रणनीति अगाडि सार्दै क्लबको लोगो अङ्कित मास्क बजारमा तथा अनलाइनमार्फत उपलब्ध गराइएका छन्।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन युरोपका शीर्ष ५ फुटबल लिगका ४९ क्लबहरूले समर्थकलाई आफ्नो क्लबको लोगो अङ्कित मास्क बेच्न थालेका छन्। स्पेनिस पत्रिका अपुसेटा देपोर्तिभाले गरेको अध्ययन अनुसार अधिकांश शीर्ष क्लबहरूले आफ्नो लोगो अङ्कित गर्दै मास्क बेच्न थालिसकेका छन्।

अध्ययन अनुसार मास्कको मुल्य भने फरक रहेको छ। क्याटलान क्लब बार्सिलोनाले १८ युरोमा मास्क बेचेको छ। यो नै युरोपको फुटबल टोलीमध्ये सर्वाधिक मूल्यको मास्क हो। त्यसपछि पीएसजीले १५ युरोमा बेचिरहेको छ।

जर्मनीको बायर लेभरकुसन र बोरुसिया मोन्चेन्ग्लाडबाकले भने मात्र २.९९ युरोमा मास्क बजारमा ल्याएका छन्। स्पेनी टोली रियल बेटिसले पनि मात्र ३.९९ युरोमा मास्क उपलब्ध गराएको छ। लिग सुचारु भइसकेको जर्मनीमा १८ मध्य १६ क्लबले मास्क बजारमा ल्याएका छन्। जर्मनीमा शीर्ष श्रेणीका लाइप्जिग र पाडेरबर्नले मात्र मास्क बनाएका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*