राजा त्रिभुवनकी छोरी नलिनीको निधन
वेलकम खबर
जेष्ठ ३०, २०७७
काठमाडौँ। राजा त्रिभुवनकी छोरी नलिनी राज्य लक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ। तत्कालीन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो।
राजा त्रिभुवन र रानी ईश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको २४ सेप्टेम्बर १९२४ मा काठमाडौंको नारायणहिटी रोयल प्यालेसमा जन्म भएको थियो। उनको पुन्च काश्मिरका तत्कालीन राजासँग बिहे भएको थियो। त्यसपछि उनी भारतमै बस्दै आएकी थिइन्। उनका दुई छोरा र तीन छोरी छन्।




















