विश्वमा कोरोनाले सबभन्दा धेरै प्रभाव पारेको देशहरूको सुचीमा भारत चौथो स्थानमा
काठमाडौँ। भारत विश्वमा सबभन्दा धेरै कोरोना भाइरसको सङ्क्रमणले प्रभाव पारेको देशहरूको सुचीमा चौथो स्थानमा पुगेको छ। भारतले बेलायतलाई पनि उछिनेको छ। भारतमा पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना सङ्क्रमित थपिएसँगै कुल कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ९८ हजार २८३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३९४ जनाको मृत्यु भए सँग मृत्यु हुनेको सङ्ख्या ८ हजार ५०१ पुगेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ। तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ।
हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटाली रहेका छन्।



















