न्युजिल्यान्डमा २० दिन यता कोरोना सङ्क्रमित भेटिएन
एजेन्सी। २० दिन यताबाट न्युजिल्यान्डमा कोरोना भाइरस सङ्क्रमित भेटिएका छैनन्। साथै त्यहाँ केही दिन अघि मात्र कोरोना भाइरस सङ्क्रमित नरहेको पत्ता लागेपछि लगाइएका सबै प्रतिबन्ध तथा लकडाउनहरु खोलिएको छ।
अहिले त्यहाँ लकडाउन खुल्ने चरणको नम्बर एकमा पुगेको छ। यसले त्यहाँका सबै स्कुल तथा काम गर्ने ठाउँहरू खुलेका छन्। विवाह, सार्वजनिक यातायातहरू पनि खुलेको छ। सामाजिक दूरी अब त्यहाँ आवश्यक छैन तर यसलाई पालना गर्न प्रोत्साहन चाहिँ गरिएको छ।
सोमबार अन्तिम एक सङ्क्रमित ठिक भएपछि न्युजिल्यान्डमा अब कोरोना सङ्क्रमित कोही पनि छैनन्। न्युजिल्यान्डमा ११५४ जनामा सङ्क्रमण देखिएको थियो। भने त्यहाँ २२ जनाको मृत्यु भएको छ।



















