एसईई परीक्षा नहुने

वेलकम खबर
जेष्ठ २८, २०७७

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा नहुने भएको छ। आज (बुधवार) साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो।  निर्णय अनुसार अब विद्यालयको आन्तरिक मूल्याकंनको आधारमा विद्यार्थीको ग्रेड निर्धारण हुनेछ।

यस वर्षको एसईई परीक्षा गत चैत ६ गतेको लागि तोकिएको थियो। कोरोनाको कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरेको थियो।

शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो।

परीक्षा रोकिएसँगै विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन्। साथै त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*