थप २७९ जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमित सङ्ख्या ४ हजार ३६४ पुग्यो

वेलकम खबर
जेष्ठ २८, २०७७

काठमाडौँ। नेपालमा थप २७९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएका छन्। देशभर २४ घण्टामा उक्त सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो।

थपिएका सङ्क्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४ हजार ३६४ पुगेको छ।

मन्त्रालयका अनुसार  हालसम्म कोरोनालाई जितेर ६७४ जना घर फर्किएका छन्। जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन्। यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*