नेपालमा थप ३ प्रहरीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४५ पुग्यो
काठमाडौँ। नेपालमा थप तीन प्रहरीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ४५ पुगेको छ। पछिल्लो पटक कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरि दुई जना र पुर्नवास नगरपालिकामा प्रहरी चौकीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस सङ्क्रमण देखिएको बताइएको छ।
उनीहरूमध्ये दुई जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ। भने एक जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ। क्वारेन्टाइनमा बस्दै आएका सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको इन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको पनि बताइएको छ।



















