झापाका २८ जना कोरोना मुक्त भएसँगै नेपालमा निको हुनेको सङ्ख्या ५१६ पुग्यो

वेलकम खबर
जेष्ठ २७, २०७७

काठमाडौँ। नेपालका कोरोना सङ्क्रमितमध्ये थप २८ जना निको भएर डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ५१६ पुगेको छ। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट सोमबार राति २८ जना डिस्चार्ज भएका हुन्।

प्रतिष्ठानका अनुसार कोरोनालाई जितेर घर फर्किनेमा झापाका विभिन्न स्थानीय तहका १८ देखि ५६ वर्षसम्मका व्यक्ति छन्। ती सबै पुरुष रहेका छन्।

यो सँगै गरेर अहिले सम्म बीपी प्रतिष्ठानबाट ६१ जनाले कोरोनालाई जिती सकेका छन्। प्रतिष्ठानमा अब ५५ सङ्क्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*