नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या १५ पुग्यो
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट चितवनमा थप एकजना मृत्यु भएको छ। हिजो सङ्क्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।
सुगर, उच्चरक्तचाप र निमोनियाको समस्या भएपछि उनलाई शुक्रबार नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो। शुक्रबार स्वाब सङ्कलन गरिएकोमा हिजो मात्र उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनमा सङ्क्रमण देखिएपछि हिजो बेलुका ७ बजे भरतपुर अस्पताल सारिएको थियो।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सौख्य १५ पुगेको छ।



















