नेपालमा थप ३१४ मा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमितको सङ्ख्या ३ हजार ७६२ पुग्यो

वेलकम खबर
जेष्ठ २६, २०७७

काठमाडौँ। नेपालमा आज थप ३१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३ हजार ७६२ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना सङ्क्रमित थपिएको जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन्। नेपालमा अहिले सम्म कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भइसकेको छ। आज मात्रै नेपालमा थप १ जनाको मृत्यु भएको हो। त्यस्तै कोरोनालाई जितेर नेपालमा अहिले सम्म ४८८ जना घर फर्किएका छन्। आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या २१ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*