जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम र असोक राई वरिष्ठ नेतामा सीमित

वेलकम खबर
जेष्ठ २६, २०७७

काठमाडौँ। जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राप्रपा) नेपालबीच एकता भई बनेको जसपा आयोगमा दर्ता भएको हो। आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए। जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ रहेको छ। जनता समाजवादी पार्टीमा दुई जना अध्यक्ष रहने छन्। पार्टीको अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको हो।

अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने भए पछि बाबुराम भट्टराई र अशोक राईले वरिष्ठ नेताको रुपमा चित्त बुझाएका छन्। तात्कालिक शक्तिशाली एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा प्रधानमन्त्री समेत बनि सकेका भट्टराईलाई चौथो वरीयता राखिएको छ।

यता तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)का प्रभावशाली नेता एवं सबै भन्दा उच्चतम् मत ल्याएर उपाध्यक्ष बनेका अशोक राई समेत चौथो वरीयतामा राखिएको छ। पार्टी एकीकरणसँगै उच्च पदमा भने मधेसी नेताहरूकै अगुवाई रहेको छ। राजेन्द्र महतो समेत पार्टीमा वरिष्ठ नेता तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*