नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतको सङ्ख्या १४ पुग्यो
काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको मृत्यु भएको बताइएको छ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको जानकारी दिन बाकी रहेको छ।
नेपालमा अहिले सम्म ३४ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएका छन्। अहिले पनि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा र २९ सय ६८ जना आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।




















