चीनमा भेटिए ६ नयाँ कोरोना सङ्क्रमित

वेलकम खबर
जेष्ठ २६, २०७७

काठमाडौँ। चीनमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ। यी ६ जनामध्ये पाँचजना सङ्क्रमितमा कुनै लक्षण देखिएका थिएनन्।

नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन्। रोयटर्सका अनुसार एक दिन अघि मात्रै तीन नयाँ सङ्क्रमित भेटिएका थिए।

कोरोनाको सुरुवात भएको चीनमा अहिले सम्म ८४ हजार बढिलाई कोरोना सङ्क्रमण भएको छ। भने हालसम्म ४ हजार ६ सय ३८ को मृत्यु भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*