विश्वमा ७० लाख बढि कोरोना सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ४ लाख नाघ्यो

वेलकम खबर
जेष्ठ २६, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख ५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको सङ्ख्या ४ लाख ५ हजार ७४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ६८९ जना नयाँ सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ७० लाख ८१ हजार ८११ पुगेको छ।

अहिले सम्म ३२ लाख २० हजार ५०० जनाको उपचार भइरहेकोमा ५३ हजार ७५८ जनाको अवस्था गम्भीर रहेको छ। भने ३४ लाखभन्दा बढी उपचार पछि निको भएका छन्।

अमेरिकामा सङ्क्रमितको सङ्ख्या २० लाख पुगेको छ। भने मृत्यु हुनेको सङ्ख्या १ लाख १२ हजार पुगेको छ। ब्राजिलमा अहिले सम्म ६ लाख ९१ हजार सङ्क्रमित भएका छन्। त्यस्तै अहिले सम्म रुसमा ४ लाख ६७ हजार, स्पेनमा २ लाख ८८ हजार, बेलायतमा २ लाख ८६ हजार भारतमा २ लाख ५७ हजार सङ्क्रमित भएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*