डिभी चिट्ठाको नतिजा सार्वजनिक, यहाँबाट हेर्नुहोस नतिजा

वेलकम खबर
जेष्ठ २५, २०७७

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा सार्वजनिक भएको छ।  बिगतमा मे मा नतिजा सार्वजनिक हुँदै आएको नतिजा यसपटक कोभिड १९ का कारण ढिला गरि सार्वजनिक भएको हो।

कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/  मा नतिजा हेर्न सकिने समेत दूतावासले जानकारी दिएको छ।यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ।

‘डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ,’ दूतावासले सूचित गरेको छ। अमेरिकामा रहेका नेपालीले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने पनि दूतावासको सूचनामा उल्लेख छ।

दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि व्यहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत दूतावासले जानकारी दिएको छ।

यसरी हेर्नुहोस ईडीभी नतिजाः

१। https://dvprogram.state.gov/ लिंक खोल्नुहोस

२। Check Status मा क्लिक गर्नुहोस

३। Continue मा क्लिक गर्नुहोस

४। त्यहा मागिएको बिवरणहरु भर्नुहोस

५। दिइएको CAPTCHA टाइप गरि  Submit बटन थिच्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*