नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतको सङ्ख्या १२ पुग्यो

वेलकम खबर
जेष्ठ २४, २०७७

काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष रहेका छन्। उनको गएको जेठ २० गते मृत्यु भएको थियो। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उक्त पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजेटिभ आएको हो। गएको जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो। उनी लामो समयदेखि दमको रोगले पीडित रहेका थिए। उनको दाहसंस्कार भने गरिसकिएको जनाइएको छ। उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*