३ लाख घुससहित वडाध्यक्ष पक्राउ
बुटवल। पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रूपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले शनिवार बिहान करिब ८ बजे रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रू.३ लाख बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिइएको हो।
अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको जनाइएको छ।



















