विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख नजिक, सबभन्दा धेरै प्रभाव परेको देशको सुचीमा भार ६औँ स्थानमा

वेलकम खबर
जेष्ठ २४, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख नजिक पुगेको छ। वल्डोमिटरका अनुसार अहिले सम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख ९८ हजार १ सय ४१ पुगेको छ। यस्तै सङ्क्रमितको सङ्ख्या ६८ लाख नाघेको छ। विश्वमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६८ लाख ४४ हजार पुगेको छ। भने अहिले सम्म करिब ३३ लाख सङ्क्रमित उपचार पछि निको भएका छन्।

सबैभन्दा बढी अमेरिकामा एक लाख ११ हजारको मृत्यु भएको छ। भने १९ लाख सङ्क्रमित भइसकेका छन्। दोस्रोमा ब्राजिलमा ६ लाख सङ्क्रमित सङ्ख्या पुग्दा ३५ हजारको मृत्यु भएको छ। रुसमा साँढे चार लाख सङ्क्रमित सङ्ख्या पुग्दा ५ हजारको मृत्यु भएको छ।

स्पेनमा २७ हजार, बेलायतमा ४० हजारको मृत्यु भएको छ। यस्तै धेरै सङ्क्रमित हुने देशको सुचीमा भारत ६औँ स्थानमा पुगेको छ। त्यहाँ २ लाख ३६ हजार सङ्क्रमित हुँदा ६ हजार ६ सयको मृत्यु भइसकेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*