रुकुम घटना : थप सात जना पक्राउ

वेलकम खबर
जेष्ठ २३, २०७७

काठमाडौँ। ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशङ्कामा थप ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। यो सँगै पक्राउ पर्नेको सङ्ख्या २५ पुगेको छ। पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन् ।

यसअघि पक्राउ परेकाहरूको अनुसन्धानको क्रममा बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको रुकुम जिल्ला प्रहरी कार्यलयले जनाएको छ। प्रहरीका अनुसार अदालतको अनुमतिमा पक्राउ परेका उनीहरूमथि अनुसन्धान सुरु गरिएको छ। पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थिय । त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो। अझै दुई जना फरार रहेका छन्। उनीहरु सबै एकै गाउँ सोतीका रहेका छन्।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विक सहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए। त्यसमा नवराज सहित ६ जनाको ज्यान गएको थियो। उनीहरूको शव भेरी नदीमा भेटिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*