नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतको सङ्ख्या ११ पुग्यो

वेलकम खबर
जेष्ठ २३, २०७७

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। बिहीबार उनको स्वाब सङ्कलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको  छ।

गत जेठ ७ गते भारतबाट आएका उनको बुधवार नै कोरोना सङ्क्रमणको आरडिटी टेस्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो। हिजो मात्रै कोरोनाबाट नेपालमा १० औं व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको थियो। पाल्पाका ४५ वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*