विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ लाख नजिक

वेलकम खबर
जेष्ठ २३, २०७७

काठमाडौँ। विश्वभर कोरोना भाइरसबाट ६६ लाख ९२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६६ लाख ९२ हजार ६८६ जना कोरोना सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ९९० जना नयाँ सङ्क्रमित थपिएका छन्। यस्तै एकैदिन ५ हजार ४९९ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या ३ लाख ९२ हजार २८६ पुगेको छ। त्यस्तै ३० लाख ५८ हजार ७७४ जनाको उपचार भइरहेकोमा ५५ हजार ४६१ जनाको अवस्था गम्भीर छ। भने  अहिले सम्म ३२ लाख ४१ हजार ६५३ जना उपचार पछि निको भएका छन्।

कोरोनाले सबभन्दा धेरै प्रभाव परेको अमेरिकामा १ लाख १० हजार १७१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ हजार २९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा २१ हजार ८५३ जनामा सङ्क्रमण पुष्टि भए सँगै कुल सङ्क्रमितको सङ्ख्या १९ लाख २३ हजार ६३६ पुगेको छ। भने सङ्क्रमितमध्ये ७ लाख ७ हजार १५० जना सङ्क्रमणमुक्त भएका छन्।

ब्राजिलमा ३३ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३३७ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ३३ हजार ८८४ पुगेको छ। भने एकै दिन २८ हजार ८८२ जनामा सङ्क्रमण पुष्टि हुँदा कुल सङ्क्रमितको सङ्ख्या ६ लाख १२ हजार ८६२ पुगेको छ।

रुसमा ४ लाख ४१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा ८ हजार ८३१ जनामा सङ्क्रमण देखिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ४ लाख ४१ हजार १०८ पुगेको छ। पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भए सँगै कुल मृत्यु हुनेको सङ्ख्या ५ हजार ३८४ पुगेको छ। २ लाख ३१ हजार १०१ जनाको उपचार भइरहेको छ। भने २ लाख ४ हजार ६२३ जना उपचार पछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*