नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६ यस नाघ्यो
काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३३४ जना कोरोना भाइरसका सङ्क्रमित भेटिए सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय ३४ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट ३३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।
मन्त्रालयका अनुसार दैलेखमा ११३, रौतहटमा ६५, बाँकेमा ४२, कपिलवस्तुमा २९, दाङमा १५, सप्तरीमा १३, बारामा १२, बाग्लुङमा १०, झापामा ५, पर्वतमा ४, डोटीमा ३, महोत्तरीमा ३, सर्लाहीमा ३, खोटाङमा ३, ताप्लेजुङ, पर्सा, सिन्धुली, म्याग्दी, स्याङ्जा र मुगुमा १-१ जना फेला परेका छन्।
मन्त्रालयका अनुसार २ सय ९० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना सङ्क्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ।



















