नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
वेलकम खबर
जेष्ठ २२, २०७७
काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मङ्गलबार निधन भएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतबाट पाँच दिन अघि आएका उनी स्थानीय क्वारेन्टाइनमा बसेका थिए। उनको स्वास्थ्यमा अन्य समस्याका साथमा स्वासप्रस्वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो। उनको २० गते मङ्गलबार मृत्यु भएको र उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।



















