भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७ हजार नाघ्यो
काठमाडौँ। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७ हजार नाघेको छ। एकै दिन ८ हजार ९ सय ९ जना कोरोना सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ। एकै दिन सङ्क्रमित थपिएको यो सबैभन्दा ठूलो सङ्ख्या हो। कोरोनाका कारण विश्वका सबैभन्दा बढि प्रभावित भएको मुलुकहरूको सूचीमा भारत सतौँ स्थानमा रहेको छ।
त्यस्तै त्यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा २ सय १७ जनाको मृृत्यु भएको छ। भने अहिले सम्म मृत्यु हुनेको सङ्ख्या ५ हजार ८ सय १५ पुगेको छ। साथै १ लाख ३ हजार २ जना उपचार पछि निको भएका छन्। भारतको महाराष्ट्रमा २ हजार ४ सय ६५ जना नयाँ सङ्क्रमित भेटिएपछि त्यहाँ सङ्क्रमितको सङ्ख्या ७२ हजार ३ सय पार भएको छ। साथै मुम्बई सबैभन्दा प्रभावित शहर पनि बनेको छ।
तामिल नाडूमा सङ्क्रमितको सङ्ख्या २४ हजार ५ सय ८६ पुगेको छ। दिल्लीमा पनि सङ्क्रमितको रफ्तार बढिरहेको छ। दिल्लीमा २२ हजार १ सय ३२ जना सङ्क्रमित भएका छन्। गुजरातमा १७ हजार ६ सय १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ।



















