अमेरिकाको ४० सहरमा कर्फ्यु 

वेलकम खबर
जेष्ठ २१, २०७७

एजेन्सी। अमेरिकाले ४० सहरमा कर्फ्यु लगाएको छ। अश्वेत नागरिकको मृत्युपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न अमेरिकाले ४० सहरमा कर्फ्यु लगाएको हो। अफ्रिकी मूलका एक जना अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु पछि रङ्ग विभेदको विरुद्ध अमेरिकाका लाखौं नागरिक आन्दोलनमा उत्रिएका छन्।

केही दिनदेखि भइरहेका देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको र सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यस्तै प्रदर्शनमा सहभागी हजारौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउमध्ये केहीलाई छोडी दिएको बताइएको छ।

अफ्रिकाबाट अमेरिका आएका जर्जको मिनियापोलिस सहरमा त्यहाँका प्रहरीले गत मे २५ मा घुँडाले गर्दन थिच्दा मृत्यु भएको जर्जका पारिवारिक स्रोतले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*