जुम्ला सदरमुकाममा तीन दिन सम्म निषेधाज्ञा जारी

वेलकम खबर
जेष्ठ २१, २०७७

जुम्ला। जुम्लामा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मङ्गलबार साँझ सूचना जारी गरी निषेधाज्ञाको घोषणा गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*