काठमाण्डौ । । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
थपिनेमा झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए। यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।हालसम्म २२१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका छन् ।



















