विश्वमा सबभन्दा धेरै कोरोना प्रभावित देशको सुचीमा भारत सातौँ स्थानमा
काठमाडौँ। विश्वमा कोरोना भाइरसका कारण सबैभन्दा बढि प्रभाव भएको देशहरूको सूचीमा भारत सातौँ स्थानमा परेको छ। भारतले युरोपका दुई देश जर्मनी र फ्रान्सलाई पछि पार्दै विश्वको सबैभन्दा बढी सङ्क्रमित मुलुकको सूचीमा सातौँ स्थानमा उक्लिएको हो।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा सङ्क्रमितको सङ्ख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ। भने अहिले सम्म ५ हजार ४ सय ८ जनाको मृत्यु भएको छ। सूचीको आठौँ स्थानमा झरेको फ्रान्समा सङ्क्रमितको सङ्ख्या १ लाख ८९ हजार ९ रहेको छ। भने त्यहाँ अहिले सम्म २८ हजार ८ सय ५ जनाको मृत्यु भइसकेको छ।
नवौँ स्थानमा रहेको जर्मनीमा अहिले सम्म १ लाख ८३ हजार ४ सय १० जना सङ्क्रमित भएका छन्। भने ८ हजार ५ सय ४० जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै प्रभाव भएको संयुक्त राज्य अमेरिकामा १७ लाख ८९ हजार ३ सय ६४ जना सङ्क्रमित छन्। भने अहिले सम्म १ लाख ४ हजार ३ सय ५८ जनाको मृत्यु भइसकेको छ।



















