बाँकेको अगैया बस दुर्घटना: मृतक संख्या १२ पुग्यो (अपडेट)

वेलकम खबर
जेष्ठ १९, २०७७

बाँकेको अगैया भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित ठोरिया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो।

घटनामा २१ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता राजकुमार बैदारले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा   बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको  बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी ट्रकको पछाडीबाट ठोकिदां उक्त घटना घटेको हो।

मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*