नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय ६७ पुग्यो
काठमाडौँ। नेपालमा आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या १५ सय ६७ पुगेको हो।
अहिले सम्म पीसीआर विधिबाट ६९ हजार पाँच सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार एक सय ९ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार आठ सय ५३ र आरडीटी विधिबाट चार हजार ५४ जनाको नमुना परीक्षण भएको छ।
त्यस्तै अहिले सम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइसोलेसन एक हजार तीन सय ४९ जना रहेका छन्। आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको सङ्ख्या भने २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौँडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो।



















