विश्वमा कोरोनाबाट १ सय २८ नेपालीको मृत्यु
काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट शनिवार साँझ सम्ममा १ सय २८ नेपालीको मृत्यु भएको छ। नेपाल बाहिर १ सय २१ नेपालीको मृत्यु भएको छ। भने नेपालमा थप ७ जना नेपालीले कोरोना सङ्क्रमणबाट मृत्यु भए सँगै अहिले सम्म विश्वमा कोरोनाबाट १ सय २८ नेपालीको मृत्यु भएको हो। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको मृत्यु भएको छ।
सङ्घको अनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) मा १९ जना नेपालीको मृत्यु भएको छ। संयुक्त राज्य अमेरिकामा कोरोनाबाट अहिले सम्म १७ नेपालीको मृत्यु भएको । यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्ड्समा १ जना, र स्वीडेनमा १ जनाको मृत्यु भएको छ। साथै नेपाल बाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएको बताइएको छ।
सङ्घका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्विट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्विडेन, नेदरल्यान्ड लगायतका ३४ देशमा रहेका नेपालीहरूमा कोरोना सङ्क्रमण देखिएको छ।



















