विश्वमा ६१ लाख ५३ हजार भन्दा बढि कोरोना सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ३ लाख ६० हजार नाघ्यो

वेलकम खबर
जेष्ठ १८, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरसबाट ६१ लाख ५३ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३७९ जना सङ्क्रमित भएका हुन्। पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०३ जना नयाँ सङ्क्रमित थपिएका छन्। साथै पछिल्लो २४ घण्टामा ४ हजार ८४ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या ३ लाख ७० हजार ५७६ पुगेको छ।

त्यस्तै ३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था गम्भीर छ। भने २७ लाख ३४ हजार ५४६ जना उपचार पछि निको भएका छन्।

कोरोना भाइरसकै सङ्क्रमणबाट युरोपियन मुलुकहरूमा अहिले सम्म मृत्यु हुनेको सङ्ख्या १ लाख ७३ हजार २८० पुगेको छ। साथै २० लाख ४ हजार २२६ जना सङ्क्रमित भएका छन् भने ९ लाख ७८ हजार २४५ जना उपचार पछि निको भएका छन्। उत्तर अमेरिकी मुलुकहरूमा १ लाख २३ हजार ४७२ जनाको मृत्यु भएको छ। भने सङ्क्रमितको सङ्ख्या २० लाख ४० हजार ८३३ पुगेको छ। साथै अहिले सम्म ६ लाख ६८ हजार २६२ जना उपचार पछि निको भएका छन्।

एसियाली मुलुकहरूमा ३० हजार २०७ जनाको मृत्यु भएको छ। भने ११ लाख ७ हजार ५२१ जना सङ्क्रमित भएका छन्। साथै अहिले सम्म ६ लाख ७२ हजार ३९२ जना उपचार पछि निको भएका छन्। दक्षिण अमेरिकी मुलुकहरूमा ३९ हजार ३१५ जनाको मृत्यु भएको छ। ८ लाख ४४ हजार ६१९ जना सङ्क्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना उपचार पछि निको भएका छन्। अफ्रिकी मुलुकहरूमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना सङ्क्रमित भएका छन्। त्यहाँ अहिले सम्म ६० हजार ९८७ जना उपचार पछि निको भएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*