नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या ७ पुग्यो
वेलकम खबर
जेष्ठ १७, २०७७
काठमाडौँ। दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। दुल्लु् नगरपालिका–७ पटांगिनी बजारस्थित क्वारेन्टाइनमा बस्दै आएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। शनिबार बिहान मृत्यु भएका ती पुरुषको जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको जनाइएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।
यही जेठ ७ गते भारतबाट आएका उनी सहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो। कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलो हुन्।


















