नेपालमा एकै दिन थप १८९ मा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ सय नाघ्यो
काठमाडौँ। नेपालमा शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस सङ्क्रमितको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या १४ सय १ पुगेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले सम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार अहिले सम्म १ हजार १ सय ७६ आइसोलेसनमा छन्। शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको सङ्ख्या ११९ पुगेको छ।



















