कपिलवस्तुमा थप ७७ जना कोरोना सङ्क्रमित

वेलकम खबर
जेष्ठ १७, २०७७

काठमाडौँ। कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका सङ्क्रमितहरू जिल्लाको महाराजगञ्ज नगरपालिका का वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन्। यस्तै कृष्णनगर नगरपालिकाका वर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ।

हिजो एकै पटक ५२ जना सङ्क्रमति भएको कपिलवस्तुमा आज थप ७७ सङ्क्रमित थपिए पछि कपिलवस्तुमा मात्र सङ्क्रमितको सङ्ख्या २ सय ६५ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*