फोर्ब्सले काइली जेनरलाई अर्बपतिको सूचीबाट हटायो

वेलकम खबर
जेष्ठ १७, २०७७

एजेन्सी। प्रतिष्ठित म्यागजिन फोर्ब्सले अमेरिकी रियालिटी टिभी स्टार एवम् उद्यमी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ। शुक्रबार जारी गरेको फोर्ब्सले सूचीबाट हटाउँदै जेनरको सम्पतीका सम्बन्धमा उनको परिवारले बढाइचढाइ गरेको आरोप लगाएको छ। जेनरको आफ्नै कस्मेटिक लाइन छ। जेनर परिवारले सबैभन्दा कान्छी सदस्य काइलीको सम्पत्ति वास्तविक भन्दा धेरै देखाउनका लागि लामो प्रयास गरेको फोर्ब्सले उल्लेख गरेको छ।

यता, काइलीले भने ट्वीट गरेर फोर्ब्सको आरोपलाई खण्डन गर्दै पत्रिकाको दाबीलाई गलत बयान र अप्रमाणित धारणा भनेर खण्डन गरेका छन्। आफूले कहिले पनि कुनै उपमाको माग नगरेकी र त्यहाँसम्म पुग्न झुठ पनि नबोलेकी उल्लेख गरेकी छिन्। उनले यतिबेला आफूसँग कति पैसा छ भनेर प्रमाणित गर्नुको साटो १०० वटा महत्त्वपूर्ण कामको सूची रहेको पनि बताएकी छिन्।

सन् २०१९ मा काइलीलाई विश्वकै सबैभन्दा कम उमेरको ‘सेल्फमेड बिलेनियर’ घोषित गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*