नेपालमा कोरोनाबाट थप एकको मृत्यु, १७० नयाँ सङ्क्रमित

वेलकम खबर
जेष्ठ १६, २०७७

काठमाडौँ। नेपालमा शुक्रवार १७० कोरोना भाइरस सङ्क्रमित थपिएको र एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको छ। यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।

मन्त्रालयका  अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतक हालै भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको छ। अहिले सम्म निको हुनेको सङ्ख्या २०६ पुगेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारान्टाइन र १,००० जना आइसोलेसन अर्थात् चिकित्सकीय निगरानीमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*