विश्वभर उच्च कोरोना सङ्क्रमण देखिएका देशको सूचीमा भारत नवौँ स्थानमा
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणदर झन् बढ्दै गएको छ। विश्वभर उच्च सङ्क्रमण देखिएका देशको सूचीमा भारत नवौँ स्थानमा पुगेको छ। भारतभन्दा अघि क्रमशः जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्। एसियाली मुलुकमा पनि सबैभन्दा बढी कोरोना भाइरसको सङ्क्रमण हुनेको सङ्ख्या भारत नै रहेको छ।
भारतमा शुक्रबार बिहानसम्म १ लाख ६५ हजार ३ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ। भने कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ७ सय ११ पुगेको छ। साथै अहिले सम्म ७० हजार ९ सय २० जना सङ्क्रमणमुक्त भएका छन्।



















