वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन

वेलकम खबर
जेष्ठ १५, २०७७

काठमाडौँ। वरिष्ठ गीतकार तथा साहित्यकार रत्न शमशेर थापाको निधन भएको। ८३ वर्षीय उनको बिहीवार दिउँसो १ बजे उनको निधन भएको हो। लामो समयदेखि ढाडको समस्याबाट उनी पीडित थिए। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।

सन् १९३९ मा जन्मेका गीतकार थापाले घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो, पन्छीमा राम्रो डाँफे, स्वर्गकी रानी मायाकी खानी, जाग लम्क चम्क हे, गोरेटो त्यो गाउँको लगायत दर्जनौं कालजयी गीतहरू लेखेका छन्। उनको शब्दमा स्वर सम्राट नारायण गोपाल, गुरवाचार्य, प्रेमध्वज प्रधान, योगेश वैद्य लगायतले स्वर दिएका छन्।

उनका कविता सङ्ग्रहहरु, चक्ला भरीको घाम, ताराका काँचा रङ्ग, र गीति सङ्ग्रह, ओभानो सिउँदो र रुझेका परेला सार्वजनिक छन्। थापा देवकोटा साहित्य पुरस्कार, युग कवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, साधना सम्मान, हिट्स एफएम लाइफ टाइम अचिभमेन्ट अवार्ड, छिन्दलता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*