नेपालमा थप ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमितको सङ्ख्या ९०५ पुग्यो
काठमाडौँ। नेपालमा थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९०५ पुगेको छ। आज गरिएको स्वाब परीक्षणका क्रममा गण्डकी प्रदेशको स्याङ्जा जिल्ला वालिङ ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का दुई पुरुष तथा वर्ष ३९ की एक महिला समेत गरेर थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनीहरूलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको पनि प्रदेश सरकारले जनाएको छ।
त्यस्तै गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्ला, देवचुली नगरपालिका ठेगाना भएर सोही पालिकामा रहेको क्वारेन्टाइनमा बसेका एक १९ वर्षका पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनको भरतपुरको कोरोना अस्पतालमा उपचार भइरहेको जनाइको छ।




















