नेपालमा आज मात्रै ११४ जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमितको सङ्ख्या ८८६ पुग्यो
वेलकम खबर
जेष्ठ १४, २०७७
काठमाडौँ। नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा बुधबार दिउँसोसम्ममा सङ्क्रमितको कुल सङ्ख्या ८ सय ८६ पुगेको छ।
यो सङ्ख्या अहिलेसम्मकै उच्च हो। यस अघि हिजो एकै दिन ९० सङ्क्रमित थपिएका थिए। अहिले सम्म नेपालमा चारजना सङ्क्रमितको मृत्यु भएको छ भने १८३ जना सङ्क्रमित कोरोना मुक्त भएका छन्।



















