अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो

वेलकम खबर
जेष्ठ १४, २०७७

काठमाडौँ। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ। वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बुधबार बिहान सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५ सय ७९ पुगेको छ। भने त्यहाँ अहिले सम्म १७ लाख २५ हजार १४८ जना भाइरसबाट सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९२२ जना कोरोना सङ्क्रमित भएका छन् भने ७७४ जनाको मृत्यु भएको छ।

अमेरिकामा हाल मृत्युदर घटेसँगै निको हुने दर बढ्दै छ। त्यहाँ अहिले सम्म कुल सङ्क्रमितमध्ये ४ लाख ७८ हजार ३९२ जना भने पूर्ण रुपमा निको भइसकेका छन्। सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पछिल्ला दिनहरूमा सङ्क्रमित सङ्ख्या र मृत्युदरको सङ्ख्या न्यून हुँदै गएको छ। अहिले सम्म न्यूयोर्कमा ३ लाख ७३ हजारभन्दा मानिस सङ्क्रमित भएका छन् भने २९ हजार ४५१ जनाको मृत्यु भइसकेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार १२८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १४१ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*