भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ३८७ जनामा सङ्क्रमणको पुष्टि भए सँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार ७६७ पुगेका हो। त्यस्तै २४ घण्टामा १७० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या कुल ४ हजार ३३७ पुगेको छ।
भारतमा अहिले सम्म ६४ हजार ४२५ जना उपचार पछि निको भएका छन् भने ८३ हजार ४ जना सङ्क्रमितको उपचार भइरहेको छ। योसँगै भारत धेरै सङ्क्रमण हुने देश मध्ये शीर्ष १० देश भित्र परेको छ। त्यसैगरी विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५६ लाख ८४ हजार ८०३ पुगेको छ भने मृतकको सङ्ख्या ३ लाख ५२ हजार २२५ पुगेको छ। भने अहिले सम्म विश्वभर २४ लाख ३० हजार ६०३ जना कोरोना सङ्क्रमित ठिक भएका छन्।



















