थपिए ९० कोरोना संक्रमित,७ सय ७२ पुग्यो
काठमाण्डौ । नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
पछिल्लो समय नेपालमा दैनिक कोरोनाको संक्रमण वृद्धि बढेको छ।



















