कञ्चनजङ्गा हिमालमा पहिलो मानव पाइला टेकेको दिन आज
काठमाण्डौ । २५ मे आजकै दिन विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा मानवको पहिलो पाईला टेकेको दिने हो । २५ मे १९५५ मा आजकै दिने ब्रिटिस आरोही चाल्र्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज ब्यान्ड पनि शिखरमा पुगेका थिए ।
भोलिपल्ट उनीहरुलाई पछ्याउँदै नोरम्यान हार्डी र टोनी स्टे«यथर पनि आइपुगे । सगरमाथामा मानव पाइला पुगेको दुई वर्षपछि यो आरोहण सम्भव भएको थियो । २९ मे, १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा चढेका थिए । सन् १८५२ मा सगरमाथालाई विश्वको सर्वोच्च शिखर घोषणा गर्नुअघि नेपाल र सिक्किमको सीमामा पर्ने कञ्चनजङ्गालाई नै सर्वोच्च हिमाल मानिन्थ्यों । तर विभिन्न अध्ययन र ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेक्षणपछि सन् १८४९ सम्म सगरमाथा नै विश्वको सर्वोच्च शिखर हो भन्ने निष्कर्षमा विज्ञहरु पुगे । सन् १९५६ मा कञ्चनजङ्गालाई विश्वको तेस्रो अग्लो हिमाल भनेर औपचारिक रुपमै घोषणा गरियो । पृथ्वीका सर्वाधिक १० अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोत्से, मकालु, चो यु, धौलाागिरी, मनास्लु र अन्नपूर्ण नेपालमा पर्छन् । विश्वको दोस्रो ठूलो शिखर के टु पाकिस्तान–चीन सीमामा पर्छ भने नवौँ अग्लो शिखर नान्गा पर्वत भारतमा पर्छ ।



















