वर्षा राउतलाई देशको भन्दा आफ्नो भारतीय साथीको चिन्ता

काठमाडौँ। नेपाली नायिका वर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसँग नेपालले टक्कर लिदाँ आफूलाई अप्ठ्यारो भएको प्रतिक्रिया दिएकी छिन्। यो सँगै उनी नेपाल र भारतबीच उत्पन्न सीमा विवादमा मुछिएकी छन्। उनको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन्। साथै भारतको पत्रकार र नेपालको पत्रकारले यस विवादलाई झगडा बनाएको र आफूले भारतीय साथी सँग फेस गर्न अप्ठ्यारो परेको बताएकी छिन्। दुई देशका पत्रकारहरूले भूमिको विषयलाई लिएर गरिएको बहसले उनलाई समस्या भएको बताएकी छन्। उनले भिडियोमा भनेकी छिन् ‘मेरो इन्डियन साथीहरूसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरूले मसित कसरी फेस गर्ने भइरहेको छ।’
उनले नेपाली र भारतीय पत्रकारले झगडा पारिरहेको भनेर दुवैलाई एउटै ठाउँमा मुछी दिएकी छिन्। जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यमले गालीगलौज मात्रै गरिरहेका छन्। उनले मनिषा कोइरालाबाट सच्चा देश भक्ति सिक्नुपर्ने हो। जबकि भारतमा आफ्नो ठूलो फ्यान फलोअर्स हुँदा पनि देशको निम्ती नेपालको पक्षमा आवाज उठाउन पछि परिनन्। तर वर्षालाई अहिले आफ्नो देशको भन्दा भारतीय साथीको धेरै चिन्ता भएको छ।